संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: १२
जनसंख्या: ६३,५५६
क्षेत्रफल: १४३.३३ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: कञ्चनरुप नगरपालिका र बैरवा गा.वि.स

कञ्चनरुप नगरपालिकाको क्षेत्रफल १४३.३३ वर्ग कि.मि. रहेको छ भन्ने जनसंख्या ६३,५५६ छ। यो समुद्र सतहदेखि ७५ देखि ३०० मिटर को उचाईमा अवस्थित छ । साविकका दश वटा गा.वि.स. हरु पिप्रापूर्व, धोधनपुर, जगतपुर, कञ्चनपुर, रुपनगर, बदगामा, ठेलिया, धरमपुर बरमझिया र बैरबा मिलेर बनेको हो । नेपाल सरकार मन्त्री परिषदको वि.सं.२०७१ बैशाख २५ र २०७३ फाल्गुन २२ गतेको ( सन् २०१४, मे ८ र सन् २०१७ मार्च ५ ) निर्णय बमोजिम यो नगरपालिका घोषणा भएको हो । पूर्वमा शप्तकोसी (कोशीटप्पु वन्यजन्तु आरक्ष) पश्चिममा कृष्णासबरन गा.पा. र तिरहुत गा.पा., उत्तरमा सप्तकोशी न.पा. र उदयपुर जिल्लाको सिमाना र दक्षिणमा हनुमाननगर कंकालिनि न.पा. रहेका छन् । पूर्व पश्चिम राजमार्गले यो नगरपालिकालाई झण्डै बीच भागमा चिर्दै गएको छ भने फत्तेपुर–भारदह–राजबिराज मार्गले पनि बीचैमा काटेको छ ।साविकको बैरवा गा.वि.स. वडा नं १-९ लाई मिसाएर वडा नं १ बनाइको    छ । बरमझिया गा.वि.स.का वडा नं ३-६ र बदगामा गा.वि.स. का ५ र ६ वडालाई मिसाएर वडा नं २ बनाइएको छ । बरमझिया गा.वि.स.का १,२,७-९ र ठेलिया गा.वि.स.को वडा नं ७ लाई मिसाएर वडा नं ३ निर्माण गरिएको छ । त्यसैगरि जगतपुर गा.वि.स.का सबै वडाहरुलाई मिलाएर वडा नं ४ बनाइएको छ । पिप्रा पूर्वका सबै वडाहरुलाई मिलाएर वडा नं ५ कायम गरिएको छ । धोधनपुर गा.वि.स.का १-६ वडालाई वडा नं ६ कायम गरिएको छ । धरमपुर गा.वि.स.का १-५ र धोधनपुर गा.वि.स.का ७ र ८ वडालाई मिलाएर वडा नं ७ कायम गरिएको छ । कञ्चनपुर गा.वि.स.का पनि सबै वडाहरुलाई एकै ठाउँमा मिलाएर वडा नं ८ निर्माण गरिएको छ । रुपनगर गा.वि.स.का ५,६,८,९ र धरमपुर गा.वि.स.का ६,७, ९ मिलाएर वडा नं ९ बनाइएको छ । बदगामा गा.वि.स.का ५ र ६ बाहेकका सबै वडाहरुको समूहलाई  वडा नं १० बनाइएको छ।ठेलिया गा.वि.स.का वडा नं ७ बाहेक अन्य वडाहरुलाई मिलाएर वडा नं ११ बनाई नगरपालिका निर्माण गरिएको छ भने रुपनगर गा.वि.स.का १-४,७ र धरमपुर गा.वि.स.को वडा नं ८, धोधनपुर गा.वि.स.को वडा नं ९ लाई मिलाएर वडा नं १२ बनाइएको छ ।

साविकको कञ्चनपुर गा.वि.स.को नामबाट अगाडिको आधा कञ्चन र रुपनगर गा.वि.स.को नामबाट अगाडिको नाम रुप (कञ्चन + रुप) मिलाएर कञ्चनरुप नामाकरण गरिएको हो ।अहिले बेरियर रहेको ठाउँ नजिकको स्थानमा कञ्चन पोखरी थियो र कालान्तरमा कञ्चन पोखरी कञ्चनपुरमा परिणत भएको भनाई छ र हाल कञ्चनपुर हटियामा नगरपालिकाको कार्यालय संचालनमा छ। त्यसै गरि रुपनगरमा हात्ती, घोडा सहित लावा लश्करले राम्रो देखिएकोले रुपनगर भनिएको भन्ने भनाई पाइन्छ ।